Flatdeck Dashain Bumper Offer
By Times Motors on 8th April, 2021.
ISUZUकाठमाडौं – इसुजु सिंगल क्याब पिकअप किन्दा समग्र मूल्यमा २ लाख रुपैयाँ छुट पाइने भएको छ ।
नेपालका लागि इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले फेस्टिभल अफरको रुपमा सो छुट उपलब्ध गराएको हो ।
यी वाहेक गाडी किन्दा एक वर्ष सम्मको बिमा र रोड ट्याक्स तथा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ ।
यसको मूल्य २४ लाख ९० हजार रुपैयाँ छ । छुट पश्चात यसको मूल्य २२ लाख ९० हजार रुपैयाँ मात्र हुनेछ ।
दसैंको अवसरमा ल्याइएको यो अफर दसैं अगाडि गाडी डेलिभरी गर्नेका लागि मात्र उपलब्ध हुने कम्पनीले बताएको छ ।
यसको तनाई पनि अन्य प्रतिस्पर्धि भन्दा २५ प्रतिशत भएको कम्पनीको भनाइ छ । च्यासिस १.५ गुणा बढी बलियो छ । वेल्डिङ सबै कपरबाट गरिएको छ ।
इन्जिन र गियरबक्स सम्म तलबाट मेटलको सेफ्टी प्लेटिङ दिइएको छ । जसले गर्दा ढुंगा लागे वा अन्य कारणले च्याम्बर फुट्ने डर हुँदैन । ह्विलबेस राम्रो तरिकाले मिलाइएको कारणले सानो गल्लीमा पनि सजिलो तरिकाले आउन जान सक्छ ।
यसको ग्राउन्ड क्लियरेन्स २ सय २० एमएम छ, जुन अन्य भन्दा राम्रो मानिन्छ । एड्भान्स फिचरको रुपमा इन्टेरियर राम्रो, धुलो नछिर्ने तरिकाले गरिएको एयर कन्डिसनिङ, ८ इन्चको ब्लुटुथ टचस्क्रिन तथा रिभर्स गाइड क्यामेरा भएको ८ इन्चको म्युजिक सिष्टम जस्ता विशेषताले इसुजुको डी–म्याक्स पिकअप आफैमा गुणस्तरीय र सबैको रोजाइमा पर्ने कम्पनीको भनाइ छ ।