ISUZU S-Cab Offer

By Auto Nepal on 15th August, 2021.

ISUZUकाठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९० हजार डाउन पेमेन्टमा उपलब्ध हुने भएको छ । काठमाडौं उपत्यकाको लागि इसुजुको आधिकारिक वितरक टाइम्स मोटर्सले सो स्किम उपलब्ध गराएको छ ।

यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले बताएको छ । ७ वर्ष सम्म तिर्न सकिने गरी ७५ प्रतिशत सम्म रकम फाइनान्समार्फत उपलब्ध हुनेछ । हाल नेपाली बजारमा इसुजु एस–क्याबको मूल्य ४५ लाख ९० हजार रुपैयाँ छ ।

इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।

एस–क्याब पिकअपको ह्विलबेस ५१९० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । यसमा टिल्ट एड्जस्टमेन्ट सहितको पावर स्टेयरिङ, हिटर सहितको एयर कन्डिसनर, पावर विन्डोज, सन्ट्रल लकिङ, फ्लेक्जिबल रियर सिट, मल्टिपल स्टोरेज कम्पार्टमेन्ट, ट्विन ग्लोबबक्स, ड्युअल पोजिसन टेलगेट र ४ स्पिकरलगायतका विभिन्न फिचर छन् ।

त्यसैगरी सुरक्षाका लागि भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।

उपलब्ध गराइएको अफर केही समयका लागि मात्र भएको टाइम्स मोटर्सले जनाएको छ । यसको वारेमा विस्तृत विवरण यो लिंकबाट थाहा पाउन सकिन्छ ।